एकै सिजनमा तेस्रो पटक सगरमाथा चुचुरोमा पुगेर पूर्णिमाले बनाइन् विश्व ‘रेकर्ड’


१२ जेष्ठ २०८१, शनिबार
Purnima himal 1

काठमाडौं । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तेस्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन् । आज शनिबार बिहान ५ः५० बजे उनले सगरमाथाको सफल आरोहण गरेको एट–के एक्सपेडिसनले जानकारी दिएको छ । सगरमाथा आरोहणका हिसाबले यो उनको चौथो आरोहण हो ।

purnima

यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन् । उनले यसअघि यही सिजनको मे १२ दोस्रोपटक र मे १९ मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखा आरुघाट गाउँपालिका–१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

Purnima

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् । उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । पूर्णिमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन् । २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् । त्यसपछि श्रेष्ठले अन्नपूर्ण र धौलागिरी आरोहण गरिन् । उनी अन्नपूर्ण र धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७