सिंहदरबारमा कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरु जुट्दै


१२ जेष्ठ २०८१, शनिबार
Sahakari karyadal

काठमाडौं । सहकारी रकम अपचलन छानबिनका समिति बनाउन कार्यविधि तय गर्न बसेको शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ । कार्यदलको सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक सहमति नजिक पुगेको जानकारी दिएका छन् ।

‘आजको बैठक सकारात्मक भएको छ,’ बर्तौलाले सुनाए, ‘यसलाई अन्तिम टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग बस्न कार्यदलका सबै सदस्य बालुवाटार जाँदैछौं । कार्यदलले गरेको प्रगति त्यहाँ राख्नेछौं । कार्यदल जहाँबाट गठन भएको थियो, त्यहाँ नै पुगेर यसलाई फिनिसिङ गर्छौ ।’

यता कार्यदलको संयोजक रहेका कानुनमन्त्री पदम गिरीले पनि आज छलफल भएका विषय शीर्ष नेतासामु राखिने जानकारी दिएका छन् । बैठकपछि गिरीले आजको बैठक छानबिन समितिको कार्याविधि तय गर्ने विषयमा निकै महत्वपूर्ण भएको जिकिर गरे । बालुवाटार बैठकले नै यसलाई अन्तिम निष्कर्षमा पु¥याउने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७