टीओरआर टुङग्याउने वैठक बस्नै सकेन, भोलि प्रचण्ड, ओली र देउवा बस्ने


१२ जेष्ठ २०८१, शनिबार
prachanda kp deuwa

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार बस्न सकेन । शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने बताइएको थियो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भए भएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ । शनिबार बसेको कार्यदलको बैठकले कार्यादेशको विषयमा लगभग सहमति जुटाएको र अन्तिम रुप शीर्ष नेताको बैठकले दिने कार्यदलको संयोजन गरेका कानुनमन्त्री पदम गिरीले बताएका थिए ।

यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो । बालुवाटारको शनिबारको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् । उपसभापति पूर्णबहादुर खड्का, सांसद परियार, ज्ञानेन्द्रबहादुर कार्की लगायत बैठकमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७