‘पोएट आइडल’ सिजन–२ को उपाधि पनि सिक्किमकै कविलाई


१३ जेष्ठ २०८१, आईतवार
simyon

काठमाडौं । ‘द पोएट आइडल सिजन–२’ को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । उनले उपाधि जित्दै १० लाख नगदसहित पुरस्कार हात पारेका छन् । शनिबार राति भएको ‘फिनाले एपिसोड’ मा राईलाई विजेता घोषणा गरिएको हो । पहिलो सिजनको उपाधि पनि सिक्किमकै निलम गुरुङले जितेकी थिइन् ।

नगद पुरस्कार बाहेक राईले एभरेस्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको उपहार प्राप्त गरेका छन् । अभिनेता प्रदीप खड्काले समेत कविता वाचन गरेको फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को टिम सहभागी थियो ।

‘पोएट आइडल’ को दोस्रो सिजनमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र केकी अधिकारी निर्णायक थिए भने दिब्यदेव होस्ट थिए । दोस्रो सिजन सकिँदै गर्दा निर्देशक अमनप्रताप अधिकारीले अर्को सिजन डेढ वर्षपछि ल्याउने जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७