गुजरातको ‘गेम जोन’ मा आगलागी, २८ जनाको मृत्यु


१३ जेष्ठ २०८१, आईतवार
TRP Gaming Zone

नयाँदिल्ली । भारत गुजरातको राजकोट शहरस्थित गेम जोन (बालबालिका खेल्ने ठाउँ) मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको ज्यान गएको छ । राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा शनिबार अपरान्ह करिब ४ बजे लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

२५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । भारतीय सञ्चार माध्यमहरुले मृतकको पहिचान गर्न सकिने खालको नरहेको जनाएका छन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ । प्रत्यक्षदर्शीका अनुसार गेम जोनमा केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो ।

यद्यपि आगलागीको कारण खुलेको छैन । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटनापछि गुजरात सरकारले राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७