सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि


१३ जेष्ठ २०८१, आईतवार
united J7uMJnSwAM

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडलाई जीत दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले एक–एक गोल गरे । सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्यो । यस क्रममा खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन र २–१ ले पराजित भयो ।

गत वर्ष युनाइटेडलाई २–१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो । अहिले युनाइटेडले आफ्नो प्रमुख प्रतिद्वन्द्वी सिटीसँग बदला लिएको छ । सिटी इंग्लिस प्रिमियर लिगको विजेता पनि हो । तर एफए कप जित्न भने असफल भएको छ । एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको योसँगै १३ औं पटक एफए कप उपाधि हो । यस्तै आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ । यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७