आईपीएल फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै


१३ जेष्ठ २०८१, आईतवार
1716687936 ipl final 1200x560 1

काठमाडौँ । सनराइजर्स हैदराबादले आज (आइतबार) इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । टोलीका अस्ट्रेलियाली विश्वकप विजेता कप्तान प्याट कमिन्सले आइतबार एक अर्को ठूलो उपाधि जित्ने हो भने टिमबाट उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ ।

कोलकाताको हातबाट प्लेअफमा सजिलै पराजित भएको ५ दिनपछि फेरि उही प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो । शुक्रबार भएको अन्तिम क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराएको थियो । योसँगै टिम तेस्रो पटक आईपीएल फाइनल पुगेको थियो । मंगलबार भएको पहिलो क्वालिफायरमा यही टिम दुईपल्टको च्याम्पियन कोलकाताको हातबाट हैदराबाद ८ विकेटले पराजित भएको थियो । हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार्नरको नेतृत्वमा सम्भव भएको थियो ।

हैदराबादले तीव्र गतिका बलर कमिन्सलाई आईपीएल अक्सनमा २५ लाख डलर तिरेको थियो । उनको कप्तानीमा अस्ट्रेलियाले एकदिवसीय विश्वकपमात्र होइन, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । कमिन्स र उनका अस्ट्रेलियाली सहकर्मीले पछिल्लो नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा सम्पन्न विश्वकप फाइनलमा भारतलाई हराएपछि घरेलु समर्थक निराश पारेका थिए ।

कोलकाताले सन् २०१२ र २०१४ मा आईपीएल उपाधि जितेको थियो । कोलकाताले अन्तिम पटक चेन्नई सुपर किंग्सलाई हराएर च्याम्पियन हुँदा फाइनल भएको मैदान चिदम्बरम् स्टेडियम नै थियो । गम्भीरबारे ऐय्यर भन्छन्, ‘क्रिकेट कसरी खेल्नुपर्छ, गौतमलाई जत्तिको अरूलाई ज्ञान नहुन सक्छ ।’

गम्भीर निकै कुशल रणनीतिकार मानिन्छ । त्यसैले उनले दुईपल्ट उपाधि जिते । कोलकाताले यस सिजन जम्मा तीन खेल मात्रै गुमाएको छ । अलरान्डर सुनिल नारनले ओपनरको भूमिका पाएपछि ब्याटबाट राम्रो गरिरहेका छन् । उनले ४ सय ८२ रन बनाइसकेका छन् । त्यसमा एक शतक सामेल छ । स्पिनर वरुण चक्रवर्ती र तीव्र गतिका बलर हर्षित राना दुवै लयमा छन् । दुवैले एक आपसमा ३७ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७