बायर लेभरकुजनलाई जर्मन कप उपाधि


१३ जेष्ठ २०८१, आईतवार
j 3

काठमाडौं । बायर लेभरकुजनले जर्मन कप जितेको छ । बर्लिनको ओलम्पिया स्टाडियनमा शनिबार राति सम्पन्न खेलमा काइसर स्लाउटर्नलाई १–० ले हराउँदै लेभरकुजनले उपाधि जितेको हो । खेलको १६औँ मिनेटमा ग्रानिट जाकाको गोल नै निर्णायक बन्यो।

४४औँ मिनेटमा डिफेन्डर ओडिलोन कोसौनोउ दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभरकुजन १० खेलाडीमा सीमित भएको थियो । तर, काइसर स्लाउटर्न खेलमा फर्किन सकेन । सन् १९९३ को फाइनलमा हर्था बर्लिनको रिजर्भ टिमलाई हराएको लेभरकुजनको यो दोस्रो जर्मन कप उपाधि हो ।

लेभरकुजनको सन् १९८८ मा यूईएफए कप पनि जितेको थियो।लेभरकुजनले अपराजित रहँदै बुन्डेसलिगा उपाधि जितेको थियो । बुधबार डब्लिनमा भएको युरोपा लिगको फाइनलमा भने लेभरकुजन एटलान्टासँग ३–० ले पराजित हुँदै ५२औँ खेलमसम्मको अपराजित यात्रामा ब्रेक लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७