भिन्सेन्ट कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक


१३ जेष्ठ २०८१, आईतवार
newskarkahna news704350

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने निश्चित भएको छ । चर्चित खेल पत्रकार फाब्रिजियो रोमानोले कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेको पुष्टि गरेका छन् ।

साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ । यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो ।

म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भए पनि दुई सिजन खेलेपछि फेरि रेलिगेसनमा परेको छ । अर्कोतर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दीर्घकालीन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्षिय कम्पनीलाई भित्र्याएको बताइएको छ ।

हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यसअघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७