मोटरसाइकल दुर्घटनामा सात वर्षीय छोराको मृत्यु, बाबु घाइते


१३ जेष्ठ २०८१, आईतवार
accident 2

सुनसरी । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बराहक्षेत्र–२ स्थित करमखोला पुल नजिकै भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् ।

तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो ३ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय पुष्प बस्नेतको अनुहार र बायाँ हातमा चोट लागेर घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडि सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७