भोजपुर–खोटाङ जोड्ने कोट–पाँचधारे सडक स्तरोन्नति हुँदै


१३ जेष्ठ २०८१, आईतवार
bhojpur 1

भोजपु र । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षायाममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख रुपैयाँ बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले जानकारी दिए । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिपछि कृषि उपज बजार पु¥याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए । विगतका वर्षायाममा झैं अब सास्ती खेप्नुनपर्ने भन्दै उनले खुसी व्यक्त गरे । (रासस)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७