दिल्लीको बाल अस्पतालमा आगलागी : सात नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार


१३ जेष्ठ २०८१, आईतवार
d 2

नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७