मुग्लिनमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर एकको मृत्यु


१३ जेष्ठ २०८१, आईतवार
muglin 1

चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुल नजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको परिचय खुलिनसकेको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । ढुङ्गाले निर्माण कम्पनीको मेसिनमा क्षति पुगेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७