प्रधानमन्त्रीले भेटेपछि देउवा आन्तरिक छलफलमा


१३ जेष्ठ २०८१, आईतवार
Deuwa
फाइल फोटो

काठमाडौं । सत्तारुढ दलले बोलाएको वैठकमा जानुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्ने सहमति भए पनि कार्यक्षेत्रबारे सहमति जुट्न नसक्दा संसद अवरोध खुल्ने अवस्था बनेको छैन । आज (आइतबार) ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

कार्यदल र शीर्ष नेताहरूबीच पटक–पटक छलफल भए सहमति जुट्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । देउवासँग ४० मिनेट छलफल गरी प्रधानमन्त्री फर्किएपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरू छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७