खानीगाउँमा ‘एक घर, एक खानेपानी’ आयोजना


१३ जेष्ठ २०८१, आईतवार
water baglung lift
फाइल फोटो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ मा खानीगाउँमा ‘एक घर, एक धारा’स हितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको आयोजनाबाट ३२ घरपरिवार लाभान्वित भएका छन् । नेवाका प्राविधिक गोर्खबहादुर शाहीले स्थानीय विद्यालयमा थप एक वटा सहित ३३ वटा धारा निर्माण गरिएको जानकारी दिए । यसअघि चार–पाँचवटा घरका लागि एउटा धारा बनाइएको थियो ।

वितरण प्रणाली र मुहान् व्यवस्थित नहुँदा खानेपानीको समस्या भएपछि नयाँ खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र भण्डारी (राजाराम) ले बताए । मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरूपमा खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

आयोजना निर्माणका लागि नेवाले रु १४ लाख ३७ हजार ३७, मङ्गला गाउँपालिकाको रु छ हजार ६९ हजार छ सय ९८ र उपभोक्ताको रु आठ लाख ३५ हजार सात सय ७९ बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि थप रु एक लाख आठ हजार पाँच सय ५७ नगद सङ्कलन गरिएको थियो ।

घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष भण्डारीले घरमै नियमित खानेपानी आउन थालेपछि समयको बचत, झन्झट र सास्ती हटेको बताए । नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको र्यालेखोर–भाइवाङमा खानेपानी आयोजना निर्माण सकिएको छ भने हिदीमा अर्को आयोजना निर्माणाधीन छ । रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको ¥यालेखोर खानेपानी आयोजनाबाट एक सय परिवार लाभान्वित भएका छन् । हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गर्ने योजना रहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७