सहकारी ठगीविरुद्ध संसदपछि सडकमा उत्रियो कांग्रेस


१३ जेष्ठ २०८१, आईतवार
congress sadak 1716717195

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

आइतबार अपराहन्न काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् । गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक दर्शनमा उत्रिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७