विश्वप्रकाशको प्रश्न : प्रचण्ड जनयुद्धका नायक कि दन्त्य कथाका ?

‘प्रधानमन्त्रीलाई मलमलको रेशमी पिंजडाभित्र देख्दा दुःख लाग्छ’


१३ जेष्ठ २०८१, आईतवार
bishwaprakash sharma

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुद्धको नायक प्रचण्ड हुन् दन्त्य कथाका भन्दै प्रश्न गरेका छन् । कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा उनले सहकारी ठगीमा संलग्न जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको भनाइ आएको भन्दै प्रचण्डलाई प्रश्न गरेका हुन् ।

‘अघिल्लो सरकारले भगाएको हो जीबी राईलाई ? के जीबीलाई नारायणकाजी श्रेष्ठले भगाउनु भएको हो’, उनले भने, ‘प्रचण्ड दन्त्य कथाका नायक हुन् कि १० वर्षे विद्रोहको नायक प्रचण्ड हुन् ?’ प्रधानमन्त्रीको पद दमदार रहे पनि आज प्रधानमन्त्री पिँजडाभित्र बसिरहेको देखिएको उनले बताए । शर्माले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? भनेर पनि प्रश्न गरे ।

‘महानान्याधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? कहिले सहकारी प्रकरणमा छानबिन गर्न पर्दैन भन्छ । कहिले दोहोरो पासपोर्ट काण्डमा छानबिन गर्न पर्दैन भनेर लेखेर दिन्छ’, उनले भने । महामन्त्री शर्माले सहकारी प्रकरणमा सरकार असंवेदन बन्ने र संसद्मा बलजफ्ती गरेपछि प्रमुख प्रतिपक्षी सडकमा आउनुपरेको बताएका छन् ।

‘संसद्मा सरकारको भूमिका बलजफ्ती भयो । विश्वासको मत लिन प्रधानमन्त्रीले पाउनु हुन्छ । तर विश्वासको मत लिनका लागि उहाँहरूले कस्तो रवैया अपनाउनु भयो । यो छर्लङ्ग छ’, शर्माले भने, ‘सहकारीको अरबौं रुपैयाँ अपचलनमा गृहमन्त्रीको संलग्नता छ छानबिन गरौं भनेर हामीले आग्रह गर्दै आयौं तर हामीलाई पेल्ने नीति लिइयो ।’ २-२ वटा पासपोर्टको गम्भीर मुद्दा भएका गृहमन्त्रीले कान्तिपुरका अध्यक्षमाथि प्रतिशोध साँधेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७