कांग्रेस अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ : शंकर पोखरेल


१३ जेष्ठ २०८१, आईतवार
shankar pokharel
फाइल फोटो

झापा । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले मुलुकमा अहिले अस्थिरता रहेको बताएका छन् । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए । महासचिव पोखरेलले नेपाली कांग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए ।

उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए । महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताए । उनले मिसन २०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७