सदन सुचारु गर्न कांग्रेस पछि हट्नु पर्छ : योगेश भट्टराई


१३ जेष्ठ २०८१, आईतवार
Yogesh Bhattarai 1

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई सुचारु गर्न नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नु पर्ने बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन बाहिर उनले नेपाली काँग्रेस जस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद अवरुद्ध गर्न नहुने बताए । उनले सरकारलाई जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताए । सचिव भट्टराईले सरकार नेपाली काँग्रेससँग सहमतिको लागि निरन्तर प्रयास गरिरहेको भन्दै १५ गते बजेट पेश अघिसम्म सहमति गर्ने बताए । उनले काँग्रेस सहमतिमा नआए पनि संवैधानिक व्यवस्था भएकाले संसदमा बजेट पेश हुने बताए ।

उनले सहमति नभए पनि बजेट पेश गर्ने कुरामा कांग्रेसले अवरोध नगर्ने अपेक्षा रहेको बताए । उनले कांग्रेसले निरन्तर संसद अवरोध गर्दा बाहिर नकारात्मक सन्देश जाने अवस्थाको सिर्जना भएको बताए । उनले संवैधानिक व्यवस्था अनुसार आइतबार प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पास गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षको अवरोध हुँदाहुँदै पनि नीति तथा कार्यक्रम संसदबाट पास गर्न बाध्य भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७