नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ


१३ जेष्ठ २०८१, आईतवार
ma

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–९ की २५ वर्षीया सिर्जना खनाल तामाङ र नुवाकोटको बेलकोटगढी नगरपालिका–४ की २६ वर्षीया रमिला नेपाली छन् ।

जाहेरवालाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी गौतम मिश्रले बताए । उनका अनुसार पीडितको इच्छा विपरीत दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको खुलेको छ ।

नाबालिकालाई जवरजस्ती वेश्यावृतिमा लगाएको भन्ने गोप्य सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडौंको मित्रपार्कबाट पक्राउ गरेको हो । ब्यूरोबाट खटिएको टोलीले पीडित नाबालिकालाई उद्धार गरी सुरक्षित आवासमा राखेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७