भोलीबाट स्मार्ट टेलिकमको फोर-जी सेवा सुरू गर्ने
काठमाडौं : स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा भोलीबाट सुरू गर्ने भएको छ । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले परीक्षणका रुपमा पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जानकारी दिए ।
उनले केही समयपछि चितवन, वरीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्याइने राजभण्डारीले बताए । फोर(जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ ।
गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर(जीमा उपयोग गर्न लागेको हो ।
प्राधिकरणले यथासम्भव नेपालभर सेवा संचालन गर्नुपर्ने, प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय(समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्तसहित लाइसेन्स दिएको थियो ।
नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छन् । संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल)गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।