बलात्कार मुद्दामा न्यायाधीश गिरी दोषी ठहर


१३ जेष्ठ २०८१, आईतवार
Bhuwan Giri

काठमाडौँ । बैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । सम्बन्ध विच्छेद भइसकेपछि पनि उनले पूर्व श्रीमतीकोमा गई जबरजस्ती शारीरिक सम्बन्ध राखेको अभियोगमा न्यायाधीश गिरी दोषी ठहरिएका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले आज यो फैसला गरेको हो । सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुनेछ । यसका लागि जेठ २८ गते पेसी तोकिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
न्यायाधीश गिरी सर्वोच्च अदालतको आदेशले हाल थुनामै छन् ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश छँदा गिरीमाथि यो अभियोग लागेको थियो । त्यही अभियोगका कारण उनी न्यायाधीश पदबाट निलम्बित थिए । उनका विरूद्धमा वैवाहिक बलात्कारको अभियोगमा पनि मुद्दा चलेको थियो । तर उनी सम्बन्ध विच्छेदपछिको बलात्कारमा मात्र दोषी ठहर भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७