नेपालमा देखिन थाल्यो ‘रेमल चक्रवात’ को असर


१४ जेष्ठ २०८१, सोमबार
rain 1

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न ‘रेमल चक्रवात’ को अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापालगायतमा विहानैदेखि बदली र वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । कोशी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । नेपालमा हाल स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७