‘सम्झनामा किसुनजी’


१४ जेष्ठ २०८१, सोमबार
kisunji bhattrai 1

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आइतबारदेखि दुई दिवसीय तस्वीर प्रदर्शनी आयोजना गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता भट्टराईको राजनीतिक जीवनसँग सम्बन्धित एकसय तस्बिर समावेश छन् । राष्ट्रियता, इमान्दारिता, पारर्शिता र नैतिकताका पुजारी पूर्वप्रधानमन्त्री भट्टराई नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा भएका बैठक, सभा, सम्मेलन, सरकार सञ्चालन तथा विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाटसँग जोडिएको तस्वीर छन् ।

उक्त प्रदर्शनीको नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विभिन्न पार्टीका नेता तथा कार्यकर्तालगायतले अवलोकन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७