खोला तर्ने क्रममा दार्चुलामा काका र भतिजा बेपत्ता


१४ जेष्ठ २०८१, सोमबार
badhi Atjj0DUi2I
सांकेतिक तस्वीर

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका दुई जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । आइतबार साँझ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए ।

उनीहरू दुई नातामा काकी–भतिजा भएको खुल्न आएको छ । भिरालो ठाउँमा माथिबाट ढुंगा माटोसहित आएको खोलाको भेलले उनीहरूलाई बगाएको जानकारी प्राप्त भएको छ । सो क्षेत्रमा एक्कासी भारी वर्षा भएको त्यहाँका स्थानीयले बताएका छन् । खोला आसपास नयाँ सडक निर्माण भइरहेकाले छ । उनीहरु बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थल खटिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७