चितवन दुर्घटना अपडेट : मृत्तकको संख्या दुई पुग्यो


१४ जेष्ठ २०८१, सोमबार
acci 1

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति भएको दुर्घटनामा घाइते थप एक जनाको मृत्यु भएको छ ।

चार सवारी साधन एकापसमा ठोक्किएर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि उपचारकै क्रममा प्युठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुनको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी २१ जना घाइते छन् । घाइतेमध्ये अधिकांशलाई इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा र केहीलाई चितवन मेडिकल कलेजमा उपचार गराइँदै छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७