जनताको रकम हिनामिहना हुँदा पनि सरकार मुकदर्शक भयो : शेखर कोइराला


१४ जेष्ठ २०८१, सोमबार
Shekhar koirala

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बनेको बताएका छन् । नेपाल विद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार मुकदर्शक बनेपछि कांग्रेसले जनताको समस्या सडक र सदनमा उठाएको बताए ।

नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाबारेमा सिकाउन नपर्ने बताए बताउँदै भने, ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको छ ।’

उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनु पर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७