सदन खुलाउने प्रधानमन्त्रीको पहल विफल, दिउँसो तीन दलका शीर्ष नेता बस्ने


१४ जेष्ठ २०८१, सोमबार
karyadal baithak

काठमाडौं । लामो समयदेखिको सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज (सोमबार) विहान गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न प्रधानमन्त्रीसहित शीर्ष तीन नेता छलफलमा बस्ने भएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७