सर्पले डसेका बालकको उपचारमा लैजाँदै गर्दा बाटैमा मृत्यु, क्षतिपूर्ति माग्दै सडक अवरुद्ध


१४ जेष्ठ २०८१, सोमबार
road block 1

सुर्खेत । सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध बनाएका छन् ।

सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिवार बोटोमै मृत्यु भएको थियो । सर्पले टोकेका बालकलाई सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि मेहलकुना अस्पतालले रेफर गरेको थियो । रेफर गरिएको ती बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोड समेत गरेका थिए ।

आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमवार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अस्पताल प्रशासन, आफन्त र जनप्रतिनिधिबीच वार्ताको प्रयास भइरहेको छ । ‘मृतक बालकका आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरिरहनु भएको छ,’ उनले भने, ‘सँगसँगै वार्ताको प्रक्रियापनि अघि बढिरहेकाले केही समयमै निकास आउने विश्वासमा छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७