कांग्रेसको आरोप : सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन


१४ जेष्ठ २०८१, सोमबार
jivan pariyar

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्ता पक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताएका हुन् ।

‘सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योल छाएको छ । हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ,’ परियारले भने, ‘प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्तापक्षले सोचेको जस्तो समस्या समाधानतर्फ भन्दा पनि समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

कांग्रेसले लामो समयदेखि सहकारीपीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेको परियारले बताएका छन् । ‘लाखौं सहकारीपीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ,’ उनले भने ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको उनले बताएका छन् । सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ । ’गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको माग हो,’ परियारले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७