दुवै सदनको बैठक ३९६ घण्टा चल्दा भत्ता बापत साढे सात करोड खर्च


१४ जेष्ठ २०८१, सोमबार
samsad scaled

काठमाडौँ । अघिल्लो आर्थिक वर्ष (आव) २०७९/८० मा संसदका दुवै सदन बैठक ३९६ घण्टा चलेको छ । यसरी चलेको बैठकको भत्ता बापत राज्य कोषबाट साढे ७ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको तथ्याङ्क अनुसार प्रतिनिधि सभा २०७९ को प्रथम अधिवेशन १ सय १० दिन चालु रहेकोमा २९ दिनमा जम्मा २८ पटक बैठक बसेको थियो । दोस्रो अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ६९ दिनमा ६५ पटक बैठक बसेको थियो । प्रतिनिधि सभा बैठक उक्त वर्ष कुल २ सय ९६ घण्टा ३० मिनेट बसेको थियो ।

राष्ट्रिय सभातर्फ भने १३औँ अधिवेशन १ सय १० दिन चालु रहेकोमा १८ दिनमा १९ पटक र १४औँ अधिवेशन १ सय ८० दिन चालु रहेकोमा ३९ दिनमा ४८ पटक बैठक बसेको थियो । राष्ट्रिय सभा कुल १ सय घण्टा ६ मिनेट बसेको पाइएको छ । यसरी प्रतिनिधि सभाको प्रथम र दोस्रो अधिवेशन र राष्ट्रिय सभाको १३औं र १४औं अधिवेशनको बैठक भत्ता बापत ७ करोड ५६ लाख रुपैयाँ खर्च भएको महालेखाको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७