दीर्घकालीन असर पर्ने निर्णय नगर्न मुख्यमन्त्री यादवलाई एमालेसहित चार दलको चेतावनी


१४ जेष्ठ २०८१, सोमबार
madhesh pardesh

जनकपुरधाम । नेकपा एमालेसहित चार दलले मधेस प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरिरहेको सशर्त अनुदानको योजना तथा कार्यक्रम स्थगित गर्न माग गरेको छ ।

नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्मन्त्री सरोजकुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै सशर्त अनुदान रोक्न माग गरेको हो । चार वटै दलले अल्पमतमा रहेको सरकारले अनुदान वितरण सँगै अहिले गरिरहेको रकमान्तरको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।

‘वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न, नगराउन हुन यो ध्यानाकर्षण पत्र पेश गरेका छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । जसपा नेपालको नेतृत्वमा रहेको सरकारबाट एमाले र माओवादी बाहिरिएपछि मधेस सरकार अहिले अल्पमतमा छ ।

m

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७