ट्रकले ठक्कर दिंदा सातदोबाटोमा सडक काट्दै गरेकी महिलाको मृत्यु


१४ जेष्ठ २०८१, सोमबार
accident 2

ललितपुर । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्याह्न सवा १२ बजे ललितपुर महानगरपालिका सातदोबाटोमा बाटो काट्ने क्रममा ट्रकले एक महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहाललाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको पौने १ बजे मृत्यु भएको एसपी सुवेदीले बताए । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७