११ दिनसम्म उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमतिमा (पत्रसहित)


१४ जेष्ठ २०८१, सोमबार
sumana 1

काठमाडौं । विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच पाँच बुँदे सहमति भएको छ । उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए ।

उनले त्यसरी विरोध प्रदर्शन गरेको ११ दिनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनस्थलमै पुगेर चापागाईंलाई भेटेकी हुन् । त्यस्तै केही समयअघि शिक्षा मन्त्रालयमा पनि चापागाईंले उभिएरै वार्ता गरेका थिए ।

इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत माग राखेर उनी एक्लै उभिएका हुन् । नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले हिजो (आइतबार) मन्त्रालयसँग विभिन्न पाँच बुँदे सहमति भएको जनाएको छ ।
यी हुन् सहमति

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७