यस्तो छ २९ सहकारीको नाम उल्लेख गर्दै बनेको टीओआर (पत्रसहित)


२०८१ जेठ १५ मंगलबार ०८:०८ बजे

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ । कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ ।

सहमतिसँगै अनुसूचीमा छानबिनको दायरामा ल्याइने समस्याग्रस्त २९ सहकारीको नाम पनि राखिएको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टीओआर तयार पारेको हो । योसँगै कांग्रसले अवरोध गर्दै आएको संसद बैठक पनि खुल्ने भएको छ । टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ । त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ ।
हेर्नुस् सहमतिमा केके छन् ?

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७