बजेटको तयारी पूरा : मन्त्रिपरिषद बैठकले पारित गर्दै, फेरियो ‘ब्रिफकेस’


२०८१ जेठ १५ मंगलबार ०७:१४ बजे

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

यो पटक नेपाली ढाकाबाट निर्मित ‘ब्रिफकेस’ प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् । योसहित दुईपल्क अर्थमन्त्री बनेका पुनले पहिलो पटक पूर्ण बजेट ल्याउँदै छन् । झण्डै १३ वर्ष अगाडि पनि अर्थमन्त्री भएका पुनले त्यति बेला बजेट ल्याउन पाएका थिएनन् ।

२०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भएका पुनले तरल राजनीतिका कारण २ पटक पूरक बजेट मात्र ल्याएका थिए । पुनले झण्डै १८ महिना अर्थमन्त्री हुँदा पनि पूर्ण आकारको बजेट ल्याउन सकेका थिएनन् । १८ खर्बको सिलिङको सीमितता भएपनि केही पपुलिष्ट कार्यक्रमका कारण बजेट १९ खर्ब हाराहारीमा पुग्ने मन्त्रालय स्रोतले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७