मन्त्रिपरिषदबाट बजेट पारित


२०८१ जेठ १५ मंगलबार १२:०२ बजे

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । आज (मंगलबार) प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम आइतबार दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनु पर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७