चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान


२०८१ जेठ १५ मंगलबार १०:४५ बजे

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ । आज (मंगलबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको बताएका हुन् ।

उनका अनुसार यो लक्ष्यको ८८.१ प्रतिशत हो । यस्तै, सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ । अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७