भारतीय सीमाबाट पशुपतिनाथ, स्वर्गदारी, मुक्तिनाथ दर्शन यातायात सञ्चालन गरिने


२०८१ जेठ १५ मंगलबार ०७:४० बजे

काठमाडौँ । सरकारले नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गदारी, मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गर्ने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन प्रवर्द्धन गर्न बुद्ध परिपथ, शिव परिपध, किरात परिपथ निर्माण गर्ने भएको छ ।

मध्यपहाडी राजगर्मामा होटल निर्माण गर्न सरकारी जग्गा लिजमा दिइने भएको छ । जानकीमन्दिरलाई बिवाहको हव र लुम्बिनीलाई बर्थिङ हवको रुपमा विकास गरिने पुनले बजेटमार्फत् बताएका छन् । पर्यटन पूर्वधार विकासकोलागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७