जनकपुरलाई ‘विवाह केन्द्र’ र लुम्बिनीलाई ’जन्म केन्द्र’ बनाइने


२०८१ जेठ १५ मंगलबार ०७:४० बजे

काठमाडौं । सरकारले सीताको जन्मस्थल जनकपुरलाई वेडिङ हब र बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हब बनाइने भएको छ । मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । दुवै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी जनकपुरमा आन्तरिक मात्र नभइ बाह्य पर्यटकलाई समेत विवाह गर्नका लागि प्रोत्साहन गरिने सरकारको लक्ष्य रहेको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गर्ने बताए । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७