कृषिको बजेट एक अर्ब ६९ करोड घट्यो, पर्यटन क्षेत्रलाई ११ अर्ब ९१ करोड


२०८१ जेठ १५ मंगलबार ०६:५८ बजे

काठमाडौँ । सरकारले कृषि दशक बनाउने घोषणा गरिरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट भने सरकारले घटाएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।

चालु आर्थिक वर्षको कृषिको बजेट ५८ अर्ब ९८ करोड बिनियोजन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपंक्षीतर्फ ५५ अर्ब ९७ करोड बिनियोजन भएको थियो ।

पर्यटन क्षेत्रले पायो ११ अर्ब ९१ करोड बजेट
सरकारले पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्दै यस्तो जनाएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७