पाँच जिल्लामा कस्तुरी मृगलगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने


१५ जेष्ठ २०८१, मंगलवार
Deer attack 20220105090329

काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।

उनले म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने जनाएका छन् । यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए । मन्त्री पुनका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७