सहकारीमा डुबेको पाँच लाखसम्मको रकम सरकारले फिर्ता दिने


२०८१ जेठ १५ मंगलबार ०७:४८ बजे

काठमाडौँ । सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराएका हुन् । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए ।

यस्तै सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

गम्भीर रोगका बिरामीको खातामा मासिक पाँच हजार
सरकारले गम्भीर प्रकृतिका रोगका बिरामीलाई मासिक रूपमा दिँदै आएको रकम खातामै उपलब्ध गराउने भएको छ । यस अघिदेखि क्यान्सर, मेरुदण्ड, पक्षघात, मिर्गौला डाइलासिसका बिरामीलाई दिँदै आएको प्रतिमहिना ५ हजार सम्बन्धित व्यक्तिको खातामा नै हाल्ने घोषणा सरकारले गरेको हो । यसका लागि सरकारले २ अर्ब बजेट छुट्याएको जानकारी अर्थमन्त्री वर्षमानले पुनले दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७