बजेटको आकार १८ खर्ब ६० अर्ब, कुन शीर्षकमा कति ?


२०८१ जेठ १५ मंगलबार ०७:०१ बजे

काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले १८ खर्ब ६० अर्बको बजेट ल्याइएको जानकारी गराए ।

अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । त्यस्तै, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी चारवटा शीर्षकमा कुल ५ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । तथा बाँकी स्थानीय तहमा ३ खर्ब १२ अर्ब ८८ करोड र प्रदेशमा ९६ अर्ब ६ करोड रुपैयाँ पठाइएको छ ।

उक्त खर्चको स्रोततर्फ राजश्व संकलनतर्फ १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब १७ अर्ब ६७ करोड र अपुग हुने ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइने अर्थमन्त्री पुनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७