द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट


२०८१ जेठ १५ मंगलबार ०७:३३ बजे

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् । उनले द्रुतमार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुतमार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७