त्रिवि क्रिकेट मैदानको स्तरोनति गर्न एक अर्ब ३० करोड बजेट


२०८१ जेठ १५ मंगलबार ११:३७ बजे

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

उनले त्रिवि क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए । साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए । त्यस्तै उनले खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७