बजेट वास्तविकता भन्दा माथि, सुधारका कार्यक्रम देखिएनन् : पूर्व अर्थमन्त्री डा. महत


२०८१ जेठ १५ मंगलबार ११:५७ बजे

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज (मंगलबार) सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठूलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकता भन्दा माथि रहेको बताए ।

महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भए पनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजनाबारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताएका छन् ।

डा. महतले प्याज, आलु र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् । उनले प्राथमिकीकरण गरेर कुनै क्षेत्रमा बजेट नल्याइएको पनि बताएका छन् । ‘बजेटले बोलेका कुरा पूरा हुँदैन, यसले प्राथमिकीकरण गरेको छैन । लामो समयदेखिको बेथिति अन्त्य गर्ने कार्ययोजना हामी अगाडि बढाउँदै थियौं । त्यो कार्ययोजनाले यो बजेटलाई समेट्दैन,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७