कुन मन्त्रालयको बजेट कति (सूची सहित)


२०८१ जेठ १५ मंगलबार ०७:३७ बजे

काठमाडौं : सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् ।

यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो ।

 बजेटको मन्त्रालयगत वितरण 

–कृषि तथा पशुपक्षी मन्त्रालयका लागि  ५७ अर्ब २९ करोड

–उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड 

–सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड

–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ

–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ 

–वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ 

–शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ 

–खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

–श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ 

–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

–रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ

–गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ 

–परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ 

–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ

–युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ 

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७