सरकारले पेट्रोलियम पदार्थ र कोइलामा थप्यो कर


२०८१ जेठ १५ मंगलबार ०७:२६ बजे

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको छ । आज (मंगलबार) संसदमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरुप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइने जानकारी दिएका हुन् ।

यसअघि सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाउने गरेको थियो । हरित कर पनि थपिएसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने सम्भावना देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७