यस्तो छ १८ मन्त्रालयको बजेट : कसलाई कति ?


१५ जेष्ठ २०८१, मंगलवार
Budget mantralaya 2

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । यस्तै आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । अर्थ मन्त्रालयको लागि भने बजेट तोकिएको छैन ।

हेर्नुस् कुन मन्त्रालयको बजेट कति ?

१) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय–७ अर्ब ३५ करोड
२) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय–११ अर्ब ९१ करोड
३) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय–९ अर्व २८ करोड
४) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय–८ अर्ब १० करोड
५) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय–६ अर्ब ८२ करोड
६) वन तथा वातावरण मन्त्रालय–१५ अर्ब ७० करोड
७) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय–२ खर्ब ३ अर्ब ६६ करोड
८) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय–८६ अर्ब २४करोड
९) खानेपानी मन्त्रालय–२६ अर्ब ६३ करोड
१०) कृषि तथा पशुपंक्षी मन्त्रालय–५६ अर्ब २९ करोड
११) युवा तथा खेलकुद मन्त्रालय–३ अर्ब ५० करोड
१२) ऊर्जा तथा जलस्रोत मन्त्रालय–५० अर्ब ७४ करोड

१३) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय–एक अर्ब ६० करोड
१४) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय–एक खर्ब ५० अर्ब ५३ करोड
१५) शहरी विकास मन्त्रालय–९२ अर्ब ६३ करोड
१६) रक्षा मन्त्रालय–५९ अर्ब ८७ करोड
१७) गृह मन्त्रालय–एक खर्ब ९९ अर्ब २४ करोड
१८) परराष्ट्र मन्त्रालय–६ अर्ब ७७ करोड

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७